मलाई त्यो बेलाको याद आयो
एक जना मेरो
बाल्यकालको भुटानी शरणार्थी साथी, जसलाई लिएर म टिमाई शिविरबाट धुलाबारी हुँदै भद्रपुरसम्म लिएर जान्थें ।
पछि कलेज भद्रपुरमा सँगै आइएस्सी पढ्दा पनि साइकलमा म उसकोसम्म पुगेर लिएर जान्थें
।
यथार्थ कुरा तितो
हुन्छ, त्यसबेला साइकल किन्नु त के
सोच्नु पनि उसको लागि पाप हुन्थ्यो । आफ्नो पनि सम्पत्तिको नाममा त्यही साइकल थियो
।
त्यसबेला ऊ भन्थ्यो, हेर मित्र आफ्नो त यस्तै हो
भुटान फर्काउने हैन, सधैं भरि यु एन एच सी आर ले दिएको
अमेरिकाको दाल र चामल बाहेक कुनै आय छैन । सधैं भरि मलाई घुमा ल ।
साथी त्यो दिन
अत्यन्त दुःखी भएको थियो जब मेरो साइकल सैलुनमा केश काट्न सँगै गएको बेला हराएको
थियो ।
फेरि ऊ खुशी भएको
थियो जब मैले उसलाई नै सम्झेर घर गएको बेला आँट गरेर अर्को साइकल किनाउन सफल भएको
थिंए ।
पछि ऊ मलाइ भन्ने
गथ्र्यो, मेरो पनि कुनै न कुनै दिन साइकल
किन्ने इच्छा छ ।
जब हाम्रो इन्टर
सकियो, म अन्तै गएर पढें पनि उसकै याद
आउँथ्यो ।
अहिले ऊ अमेरीकामा
छ, आफ्नै कार छ, श्रीमतीको बेग्लै कार छ । फेसबुकमा हेर्छु छ छ महिनामा उसको नयाँ कार ।
सपिंग मलमा खिचेका फोटोहरु ।
अहिले मैले भरखर
लगातार ११ वर्ष कुदाएर स्प्लेन्डर बेच्दैछु एउटा सेकेण्ड ह्याण्ड डिस्कभर पाएर ।
त्यो पनि तेल हाल्नलाई पैसा छैन भए पनि किन्नै पाइन्न ।
म समयलाई सोच्छु, अनि आफ्नै साथीलाई सम्झदैं खुशी
हुन्छु ।
सबैलाई मेरो एउटा
साथी अमेरिकामा छ भन्ने गर्छु ।
तर अचेल ऊ व्यस्त
हुन्छ, उसकै अनुसार, अनि म पनि उसलाई डिस्र्टव गर्दिन ।
आज म श्रीमतीको
अप्रेशन गर्नको लागि पैसा खोज्दैछु । कमाउँछु र तिर्छु भन्ने मनमा विश्वास छ ।
खोज्छु, केही रकम जुटे पनि पुरा पैसा
नपुग्ने भयो । म अब त्यही साथीलाई सम्झन पुग्छु । अनि म्यासेज लेख्छु फेसबुकमा ।
धेरै पटक लेखेपछि रिप्लाइ आयो, ओके ।
ऐले हेर्छु म्यासेन्जरमा
उसको नामको ठाँउमा फेसबुक युजर भनेर आँउछ,
अनि म्यासेज कुड नट वि सेन्ड भन्छ, राम्ररी
हेर्छु उसलाई अब म फेसबुकमा जति नै सर्च गरेपनि पाउँदिन । बुढीको अपरेशनमा जान
ढीला भइसके पनि उसले जाने वित्तिकै अहिलेसम्म एकपटकमात्र पठाएको कोठामा
झुण्डिरहेको कपाल नहुनेले लगाउने विग हेर्छु ।