मुद्रा बिनिमय दर

Tuesday, December 1, 2015

झगडाको ओखती

झगडाको खती

एउटा परिवार सानो थियो, बच्चा थिएन, सुखी थिए दुजनामात्र । विस्तारै दुवैको मन मुटाव हुन थाल्यो । बुढा बुढीको झगडा परालको गो नै त हो । तर त्यो परालको गोले विस्तारै विरस्तारै अरूतिर पनि डढाउन थाल्यो । दु मिनेटको झगडा दु घण्टा हुँदै विस्तारै दु दिनसम्म पनि बोलचाल हुन छाड्ने अवस्थामा पुग्यो । पछि त कुनै ठूलो समस्या इपरेमामात्र दुइजनाको बोलचाल हुने स्थिति यो ।

यस प्रकारले झगडा भइरहँदा, दुवै जना दिक्क मान्न थाले । कारण ठूलो हुँदैनथ्यो, जस्तो कि, श्रीमानले बिहान भनेको कुरा नल्याउँदा बेलुकी श्रीमती रिसाउने, श्रीमतिले शब्जीमा नुन कम गर्दा श्रीमानले खानै नखाने ।

अब त अति भयो, श्रीमान श्रीमतीको झगडा न हो फैं मिलाउनु पर्छ भनेर श्रीमानले पहल गरे तर फेरि सानो निहुँमा श्रीमतीले घुर्काए पछि श्रीमान पनि जंघिए । अब फैं मिलाउन सकिएन भनेर छिमेकी गुहारे । छिमेकीले शुरूमा राम्रै भने पनि विस्तारै एक अर्काबीचमा नुन छर्किने काम मात्र गर्न थाले । अब झगडाले छिमेक, टोल हुँदै पुरै गाउँ नै हल्लाउला जस्तो अवस्था उन थाल्यो ।

संयोगवश त्यस गाउँमा एकजना लोकप्रीय ज्योतिषी ए । श्रीमानले सोचे अब यिनले नै समस्या हल गर्दछन् । श्रीमान सुटुक्क ज्योतिषीकोमा गएर बेलीबृतान्त लगाए । ज्योतिषीले न त बुटी दिए, न त कुनै भविष्य हेरे । अनि सुन्ने बित्तकै भने - "तपा श्रीमतीको छेउमा पर्ने बित्तिकै 'येन' भन्नुहोला, यदि उहाँले पनि 'जेन' भन्नु भयो भने तपाईंको समस्या समाधान हुन्छ । तर एउटा शर्त छ, बुढी रिसाएको थाहा पाउने बित्तिकै तपां चुप लाग्नुहोला । तपाकी श्रीमतीले ना हेरिन भने सोच्नुहोस् तपाईको समस्या गयो । तर जबसम्म बुढी ऐना हेरिरहनुहुन्छ तबसम्म नबोल्नु होला ।" ती श्रीमान हेरूम् न त भन्दै गए ।

ज्योतिषीले ती महाशयका श्रीमतीला सुटुक्कै डाक्न पठाए । ती ज्योतिषीले महिला आउने बित्तकै भने - "तपाईंको मा "गाल गर्व योग" रहेछ, अब तपाईंला म केही मन्त्र पढिदिन्छु । तपाईं घर जाने बित्तकै तपाईंका श्रीमानले 'येन' भन्नुहुन्छ, तपाईं तत्कालै 'जेन' भन्नुहोला । अनि अबदेखि बुढाले जे भने पनि नकारात्मक कुरा नबोल्नु होला गएर ना हेर्नुहोला, रिस उठुन्जेल तपाईं आफूला नामा हेरिरहनु होला । यदि बुढाले नकारात्मक कुरा गरे भने रिसाउन पाइन्छ । तर बोलेनन् भने तपाईं ना हेर्ने कामला निरन्तरता दिनुहोला ।" श्रीमती केही हुन्छ कि भनी त्यहाँबाट विदा भइन् ।
बेलुकी जब श्रीमान कामबाट लखतरान भएर घर इपुगे, बोलचाल नभएको ठ्याक्कै हप्ता दिन पुगेछ सम्झे । श्रीमतीले खाना बनाउने लगायत घरका काममा चाहिं कन्ज्युस्याइं गर्दिनथिन्, तर खाना बनाएर थाल बजेको वाजले नै खाना खान बोलाएको बुझेर श्रीमान गएर खाना खानु पर्थ्यो । श्रीमती भान्साघरमा थिइन् । लाज लाग्यो अघि पर्न । तर मन बाँधे र श्रीमतीको अगाडि गएर 'येन' भने । श्रीमतीले तत्कालै जवाफ फर्काइन्,
'जेन!'

अब श्रीमान बोल्न सकेनन् । लाज लाग्यो । ज्योतिषीले भनेको कुरा पुग्यो । नयाँ जिन्दगीको भाष भयो । बेडरूममा गएर लडे । श्रीमतीले पनि सोही कुरा सोचिन् । उनला पनि नयाँ जीवन पाएको अनुभव भयो । सोच्दा सोच्दै खाना केही डढ्यो । अब सोचिन् फेरि अर्को लफडा । तर ज्योतिषीमा विश्वास जाग्यो । नजागोस् पनि कसरी जे भनेको त्यहि पुग्यो । अनि जति रिसाए पनि म रिसाउँदिन भन्ने सोचिन् । र नबोली बस्ने विचार गरिन् ।

खाना खाने संकेत, एक हप्ता देखिको । थाल बज्यो । श्रीमानले टेलिभिजन अफ गरे । खाना खानको लागि तयारी । मोबाइलमा डाटा पनि अफ गरे ।

खाना खान लाग्दा देखे, श्रीमतीको थालमा डढेको भात छ । आफ्नोमा राम्रो मात्र छ । ज्योतिषीले काम त गरे । तर माया लाग्यो । अनि थाल साटे । श्रीमतीले फेरि थाल साटिन् । उनला पनि श्रीमानको धेरै माया जाग्यो । फेरि यहि क्रम दोहोरियो । श्रीमतिले नकार्न खोज्दा खोज्दै एउटा थाल भुंइमा झ-यो ।

अब श्रीमतीला रिसको पोकोले घे-यो । बोल्नमात्र लागेकी थिइन्, झल्यास्स ज्योतिषीको कुरा याद आयो । बोलिनन् । ना गएर हेर्न थालिन् । बुढाले सोचे ज्योतिषीले भनेको पुग्यो । बोलेनन् । गएर कुकरमा केही चामल हालेर फेरि पकाउन थाले । श्रीमतीले एकछिन चुप लागेपनि केही आवाज आएको सुनेर किचनमा आइन् । हेरिन् बुढाको करामत । खासै घरको काम नगर्ने बुढाले खाना पकाएको देखेर दया लाग्यो । माया पलायो । उनको रिस त उहिल्यै झरिसकेको थियो ।

अब बुढीले ना हेर्न छाडेको थाहा पाएपछि बुढाले बुझे, बुढीको रिस शान्त । अनि विस्तारै बुढीको छेउमा गएर भने

"मला माफ गर बुढी"

बुढाको यो शब्दले श्रीमतीको जिउ नै सिरिङ्ग भएर आयो । अनि डाँको छाडेर रून थालिन् । श्रीमानला श्रीमतीको अत्यन्त माया लागेर आयो । दुवै एक अर्कामा समेटिए ।

त्यस दिन पछि उनीहरूको जीवनमा कहिले पनि भुकम्प त आएन तर सुनामी चाहिं अवश्य आयो ........
...
...
...

अब कसरी सुनामी आयो भन्ने कुरा म तपाईंहरूला अर्को पल्ट भन्नेछु ।

Sunday, October 18, 2015

एउटा बिखण्डनकारीको कथा

एक जना विखण्डनकारी नेता मरेपछि स्वर्गको ढोका ढक्ढक्याउँछ। 

यमराजः ए को हो त्यहाँ? 

विखण्डनकारीः म प्रदेशको नेता हुँ भगवान ।

यमराजः  स्वर्ग जाने के राम्रो काम ग-याै?

विखण्डनकारीः मैले छिमेकी देशकाे लागि राम्रो काम गरेको छु ।

यमराजः  हैन तेरो कारणले ५० जनाभन्दा बढीको मृत्यु भएकाे छ । तँलाइ त नर्कमा हाल्नु पर्छ । जा त्यतातिर ।

विखण्डनकारीः हैन महाराज, मैले त राम्रो काम पनि गरेको छु ।

यमराजः  के गरिस् त राम्रो काम?

विखण्डनकारीः मेरो एकपटक २ रूपैंयाको नोट झरेको थियो । एउटा भिखारीले टिपेछ पछि माग्दा दिएन । खाअोस् न त गरीबले भनेर छाडिदिएँ ।

यमराजः  अनि अरू?

विखण्डनकारीः एकपटक एक रूपैंयाको सिक्का धोतिबाट कतिखेर झ-यो, थाहै भएन । शायद त्यो कुनै गरीबले नै टिप्यो होला, धनी मानिसले त १ रूपैंया पक्कै टिपेन ।

यमराजः  तँ जस्तै भएको भए त मुखले टिप्थिस् होला । 

विखण्डनकारीः हजुर टिप्थे महाराज?

यमराजः  ए चित्रगुप्ता, यसको ३ रूपिंया फर्काइदेऊ अनि नर्कमा खाँदिदेऊ ।

नोटः यसबाट के शिक्षा पाइन्छ भने अहिले सरकारले त केही गर्न नसक्ला तर आन्दोलनको नाममा कैंयाैं मानिसलाइ अाहुति दिन बाध्य बनाइ आफ्नो स्वार्थ पूरा गर्ने अवश्य नर्कमा जान्छ । मरेर लानु केही छैन ।

Thursday, April 30, 2015

भूकम्पले कतिको क्षति गर्छ ?

हामी भूकम्प यति रेक्टर स्केलको अाएछ भन्छाैं । कति रेक्टर स्केलको प्रभाव कति हुन्छ भन्ने कुरा यकिन गरेर भन्न नसकेता पनि विभिन्न वेवसाइट तथा स्रोतकाे अाधारमा निम्न कुराहरूको निचोड पाइयो ।



गत २०७२ बैशाख १२ गते शनिवार नेपालमा करीब ८० वर्षपछि ठूलो भुकम्प अायो । तर यो कतिको ठूलो थियो त ?

अमेरिकन भूगर्भ सर्वेक्षण (The US Geological Survey (USGS)) को मापन अनुसार नेपालमा ७.८ रेक्टर स्केलकाे भूकम्प अाएकाे हो जबकि चिनी भूकम्प नेटवर्क केन्द्र (China Earthquakes Network Center (CENC)) यहि भूकम्पलाइ ८.१ म्याग्निच्यूडको मान्दछ । 



झट्ट हेर्दा ०.३ म्याग्निच्यूडको फरक केहि देखिन्न तथापि सानो म्याग्निच्यूडको फरकले पनि धेरै ठूलो असरमा फरक पार्न सक्दछ भनेर विभिन्न एजेन्सीहरूले भन्ने गरेका छन् । यो ०.३ को वृद्धि भनेकाे २.८ गुणा ठूलो भूकम्प अाउनु हो, यदि हामीले चिनको तथ्यांकलाइ मान्याैं भने ।



यस्तो किन हुन्छ त ? किनभने भूकम्पको मापनलाइ मान्याै भने । भूकम्पको मापन रेखीय अाधारमा हुन्न । यो अंकगणितीय सेरिजमा हुन्न, जबकि यसको मापन लगारिद्मिक सेरिजमा हुने गर्दछ ।

जस्तैः एउटा २.० रेक्टर स्केलकाे भूकम्प भन्दा ४.० रेक्टर स्केलको भूकम्प एक हजार गुणा ठूलो हुन्छ ।


वैज्ञानिकहरू logarithmic scale को प्रयोग गरी ठूलो र सानो स्केलको मापन गर्ने गर्दछन् । भूकम्पविद चार्ल्स फ्रान्सिस रिक्टरका अनुसार सानो र ठूलो स्केलको बीचमा अत्यन्त धेरै फरक हुन्छ ।

यसलाइ तलको प्रस्तुतिद्वारा प्रष्ट पार्न सकिन्छः



र ९.० रेक्टर स्केलको भूकम्प यो भन्दा १०० गुणा ठूलो हुन्छ ।

साभारः विभिन्न वेवसाइटहरू ।